spot_img
Homeदेशमधेशमोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

वीरगंज, २५ फाल्गुन ।
वीरगंज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित दुई मोटरसाइकल एक आपसमा ठोकिंदा एक जनाको मृत्यु भएको छ ।
वीरगंज–पथलैया सडकखण्डमा परवानीपुरबाट वीरगंज तर्फ आउदै गरेको प्र.२–०३–००४ प ७९३० नम्बरको मो.सा.र वीरगंजबाट परवानीपुरतर्फ जादै गरेको ना.२५ प ४००३ नम्बरको मो.सा.एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको हो ।
सो दुर्घटनामा घाइते भएका दुई जना मध्ये एक जनाको एल.एस.न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई तत्काल प्रहरी चौकी गण्डकबाट खटिएका टोलीले उद्दार गरी उपचारको लागि एल.एस.न्यूरो अस्पतालमा पु¥याएका थिए ।
अस्पतालमा उपचारकै क्रममा विहिवार विहानको २ बजेको समयमा बारा जिल्ला परवानीपुर गा.पा.वडा नं.४ चैनपुर बस्ने वर्ष २४ को सुरज सर्राफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सो दुर्घटनामा घाइते भएका वीमनपा वडा नं. १६ को बिपिन कुमार कुशवाहाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -