वीरगंज, २० फाल्गुन ।
नेकपा (एकिकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपाल पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
जिल्ला समन्व समिति पर्साको सभाहलमा सम्पन्न अधिवेशनले संदिप पटेलको अध्यक्षता २१ सदस्यीय जिल्ला कार्य समिति सर्व सहमतीले चयन गरेको छ ।
संगठनको उपाध्यक्षमा सुरेन्द्र प्रसाद यादव, सचिवमा राजेश राम, सह सचिवमा रोहित यादव, कोषाध्यक्षमा पप्पु पटेल लगायत सम्पूर्ण कार्य समिति निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी महाधिवेशन केन्द्रिय प्रतिनिधिमा ह्दयनारायण साह, मनोज साह, पदम बहादुर खत्री चयन भएका छन् ।
नेकपा (एस)का केन्द्रीय सचिव नागेन्द्र चौधरीले उदघाटन गरेको अधिवेशन उद्घाटन सत्रमा नेकपा (एस)का पोलिटब्युरो सदस्य रामचन्द्र साह, चिरन्जिवी अचार्य, केन्द्रिय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, एकीकृत कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष एवम् मधेश प्रदेश इन्चार्ज जयकान्त झा, अधिकारीक ट्रेड युनियन पर्साका निवर्तमान अध्यक्ष सुबदार यादव, नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरी, नेपाल निजामती कर्मचारी युनियन पर्साका उपाध्यक्ष धिरेन्द्र सिंह, राष्ट्रिय कर्मचारी संगठनका शुभाष गुप्ता, खुशबु मिश्रा लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी शनिबार नै सम्पन्न एकीकृत कर्मचारी संगठन वीरगंज महानगर समिति ओमप्रकाश रामको अध्यक्षतामा सर्वसहमत चयन भएका छन ।
Facebook Comments Box