वीरगंज, २० फाल्गुन ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घात गर्ने ८० जनालाई कारवाही गर्न जनता समाजवादी पार्टीको छानविन समितिले सिफारिस गरेको छ ।
जसपाद्वारा गठित छानबिन समितिले नेतृत्वलाई बुझाएको प्रतिवेदनमा ८० जनालाई कारबाहीको सिफारिस गरेको हो ।
काठमाण्डौं बालकुमारी स्थित एक कार्यक्रम विच छानविन समितिले ८० जनामाथि कारबाहीको सिफारिस सहितको प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो ।
समितिले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनासंग बयान लिएको थियो ।
कारवाहीको सिफारिस गरिएका मध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन् ।
छानवीन समितिले पांचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगेर स्थलगत प्रतिवेदन तयार पारेको जनाइएको छ ।
शिवलाल थापा नेतृत्वको छानबिन समितिले जिम्मेवारी पाएको ४९ औं दिनमा प्रतिवेदन हस्तान्तरण गरेको हो ।
जसपाको छानविन समितिले बुझायो प्रतिवेदनः ८० जनालाई कारवाहीको सिफारिस
Facebook Comments Box