वीरगंज, २० फाल्गुन ।
रंग र अबिरको पर्व होलीलाई शान्त, भयरहित, अनुशासित, मर्यादित, सभ्य र सुरक्षित तवरले मनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले होली पर्वको अवसरमा सुभकामना दिंदै सभ्य एवम् सुरक्षित तवरले मनाउन सर्वसाधारणमा अपिल गरेको हो ।
जिप्रकाले शनिवार सुचना जारी गरी यस वर्षको हिन्दू धर्मावलम्वीहरूको पवित्र पर्व होली ( फागु पूर्णिमा ) को अवसरमा शुभकामना व्यक्त गर्दै सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।
जिप्रकाले जारी गरेको सुचनामा होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाऔ, आत्मिय रूपमा नजिक भएका व्यक्ति वा आफन्तहरूसंग मात्र होली खेलौं, होली पर्वको नाममा उश्रृंखल क्रियाकलाप नगराऔ अपरिचित मानिसहरूको समुहमा होली नखेलौं, कसैको ईच्छा विपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलागाऔ, नछ्यपौं उल्लेख गरेको छ ।
त्यसै गरी छाला तथा आँखामा असर गर्ने केमिकल रंगको प्रयोग नगरौ, महंगा गर–गहाना लगाइ होली खेल्ने ठाउमा नजाऔ । अपरिचित मानिसले दिएको कुनै पनि खाने कुरा नखान सुचनामा उल्लेख छ ।
सुचनामा ट्राफिक नियमको पुर्णरूपले पालना गरौ, आफू बचौ र अरुलाई पनि बचाऔं, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, अशक्त, महिला, बालबालिका जेष्ठ नागरिकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगरौ, रेलिङ नभएको छत तथा सडकमा होली नखेलौ, होलीको नाममा धार्मिक÷साम्प्रदायिक सदभावमा खलल पुग्ने खालका कुनै पनि क्रियाकलाप नगरौं, भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट तथा क्लबतअजष्लन जस्ता घटनाहरू हुने सम्भावना बढी हुने हुंदा सावधान रहन समेत सचेत गराएको छ ।
कुनै पनि अपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तुरुन्त नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी नियन्त्रण कक्ष १००÷ ९८५५०९०१३६ मा फोन गर्न र नियम विपरीत कार्य गर्ने व्यक्ति उपर कानून बमोजिम सजाय तथा जरिवाना हुने समेत सुचना मार्पत जानकारी गराइएको छ ।
Facebook Comments Box