सहारा दैनिक

spot_img
Homeदेशमधेशबालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

बालिका बलात्कार कसुरमा १२ र १३ वर्ष कैद सजाय

सप्तरी, १८ फागुन (रासस)
बालिका बलात्कार गरेको कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मधुबनीका २० वर्षीय ब्रह्मदेव साहलाई आज १२ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले साहलाई १२ वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनुभयो ।
आरोपितले पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला भएको छ । अभियुक्तले पीडितकै घरमा विसं २०७५ असोज १६ गते दिउँसो बलात्कार गरेको भन्दै निजकी आमाले जिल्ला प्रहरी कार्यालयमा विसं २०७५ असोज १७ गते उजुरी दिनुभएको थियो ।
पीडितका बुबा वैदेशिक रोजगारमा रहेको र आमा जितिया पर्व मनाउन गाउँतर्फ गएका बेला घरको धारामा भाँडावर्तन धोइरहेकी पीडितलाई आरोपितले जबरजस्ती घरभित्र लगी बलात्कार गरेको पीडितले बयान दिएकी थिइन् ।
फरार रहेका आरोपित जिल्ला अदालतमा विसं २०७६ चैत ३ गते हाजिर भएपछि सोही मितिदेखि थुनामा राखनी पुर्पक्ष गर्न अदालतले आदेश दिएको थियो ।
यसैगरी १६ वर्षीया अर्की एक बालिकालाई सामूहिक बलात्कार गर्ने आरोपितमध्ये डाक्नेश्वरी नगरपालिका(८ प्रवाह घर भई शम्भुनाथ नगरपालिका(१२ अर्नाहाचोक बस्ने ३० वर्षीय मनोज विश्वकर्मालाई बलात्कार कसुर ठहर गर्दै १३ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलाशले निजलाई १३ वर्ष कैदका साथै रु एक लाख पीडितका लागि क्षतिपूर्ति भराउन र रु एक हजार आठ सय फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गराउन फैसला भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।
अन्य आरोपित खड्क नगरपालिका(४ पन्सेरा घर भई बोदे बर्साइन नगरपालिका(५ बजार बस्ने २१ वर्षीय कैला विश्वकर्मा र बोदे बर्साइन नगरपालिका(६ फुलकाही खमगाडा घर भई बोदे बर्साइन नगरपालिका(५ स्थित बजार बस्ने ३५ वर्षीय दीपक विश्वकर्मा फरार रहेकाले उनीहरूका हकमा मुद्दा मुल्तबीमा राख्ने अन्तिम आदेश भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -