spot_img

लत्ताकपडाहरू लोड रहेको पिकअप नियन्त्रण



वीरगंज, १८ फाल्गुन ।
बिल बिजक भन्दा बढी लत्ताकपडाहरू लोड रहेको पिकअप प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.२५ सिर्सिया स्थित सडकखण्डबाट लत्ताकपडाहरू लोड रहेको पिकअप नियन्त्रणमा लिएको हो ।
प्रहरीले द्यच्ण्छन्द्य ढघद्दघ नम्बरको भारतीय पिकअप गाडीलाई रोकेर जा“च गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा विल बिजक संकास्पद देखिए पछि नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिएको पिकअप र लत्ताकपडाहरुको अ.मु. रू.२५ लाख ३१ हजार ३ सय १० मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर