
वीरगंज, १८ फाल्गुन ।
पर्सा प्रहरीले खैरो हिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन तथा पैदल यात्रीहरूलाई चेक जा“च गर्ने क्रममा खैरो हिरोइन सहित दुई जनालाई पक्राउ गरेको हो ।
संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डबाट सिमावर्ती भारतीय सहर रक्सौलबाट वीरगंज तर्फ संकास्पद रूपमा आउदै गरेको भारत पश्चिम बंगाल जि.माल्दा बमनग्रामको महम्द नायम शेखलाई खानतलासी गर्दा निजले भिरेको झोलामा लुकाइ छिपाइ प्लाष्टिकमा बेरिएको ३ वटा प्याकेटमा रहेको खैरो हिरोइन ३०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध फेला परे पछि महमद नायम शेखसंग प्रारम्भिक अनुसन्धान गर्दा गोरखा घार्चे गा.पा.वडा नं.६ हाल जि.काठमाण्डौ का.म.न.पा.वडा नं.२६ को सुरेश घलेले मगाएको खुले पछि लागु औषध अनुसन्धान व्युरो कोटेश्वर संग समन्वय गरी निज घलेलाई समेत पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
लागु औषध सहित पक्राउ परेका दुवै जनालाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध मुद्दामा अनुसन्धान कार्य भइ रहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।