अनिल तिवारी
नयादिली, १८ फागुन
भारतमा जी–२० को बैठकमा वैश्वीक शक्तिशाली राष्ट्रहरु अमेरिका, चीन र रुस लगायतका विदेशमन्त्रीहरु नया“ दिल्लीमा पुगेका छन ।
युक्रेनमा रुसको निर्मम र अनुचित आक्रमणलाई लिएर भारतले तनावलाई व्यवस्थापन गर्न खोज्दा भारतका लागि ठूलो कूटनीतिक परीक्षाको चरण सुरु भएको छ ।
शक्ति राष्ट्रका विदेश मन्त्रीहरुलाई भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले उनीहरुलाई स्वागत गरेका हुन् । यस वर्ष भारतको जी–२० अध्यक्षतामा भएको दोस्रो उच्च स्तरीय मन्त्रीस्तरीय बैठकमा विदेशमन्त्री जयशंकरले आफ्ना अमेरिकी, चिनिया“ र रुसी समकक्षहरूसंग भेट गर्नेछन् । उनले शिखर सम्मेलनको समापनमा संयुक्त वक्तव्य दिन पर्याप्त साझा आधारका विषयमा छलफल हुने बताएका छन् ।
१.३ बिलियन भन्दा बढी जनसंख्या भएको, विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशले आफूलाई उदीयमान र विकासशील देशहरूको नेताको रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ । जसलाई ग्लोबल साउथको अवधारणा अन्तर्गत उपभोक्ताहरू पहिले नै बढ्दो लागत र मुद्रास्फीतिसंग संघर्ष गरिरहेका बेला र द्वन्द्वको परिणाम स्वरूप, खाद्यान्न र ऊर्जाको मूल्यहरू बढी रहेको समयमा भारतलाई विश्वले हेरिरहेको छ ।
विश्लेषकहरूका अनुसार नया“ दिल्लीले युद्धमा होमिएको रुस र पश्चिमसंगको आफ्नो सम्बन्धलाई कुशलतापूर्वक ह्यान्डल गरेको छ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एक सन्तुलन कायम गर्ने नेताको रूपमा उभिएका छन् । जसलाई सबै पक्षले सम्मान गरेका छन् ।
द्वन्द्व दोस्रो वर्षमा प्रवेश गर्दा र तनाव बढ्दै जा“दा, भारत लगायत राष्ट्रहरूलाई रुसको विरुद्धमा थप दृढ अडान लिन दबाब भने बढि रहेको छ, जसले भारतीय प्रम मोदीको राज्य सत्तालाई खतरामा पार्छ ।
बिहीबार विदेश मन्त्रीहरूलाई सम्बोधन गर्दै भारतीय प्रम मोदीले युद्धले ुगहिरो, विश्वव्यापी विभाजन निम्त्याएको स्वीकार गरे र उनीहरूलाई आफ्नो असहमतिलाई पन्छाउन आग्रह गरेका छन् ।
ठुला अर्थतन्त्र भएका विदेश मन्त्रीहरु भारतमा
Facebook Comments Box