सहारा दैनिक

spot_img
Homeदेशमधेशगजेन्द्रनारायण सिंह अस्पतालमा टोकन प्रणाली

गजेन्द्रनारायण सिंह अस्पतालमा टोकन प्रणाली

राजविराज, १७ फाल्गुन ।
गजेन्द्र नारायण सिंह अस्पतालमा टोकन प्रणाली सुरु भएको छ ।
अस्पताल परिसरमा बुधबार एक कार्यक्रम विच सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले टोकन प्रणालीको उद्घाटन गरेका हुन् ।
अस्पताल आउने सेवाग्राहीको व्यवस्थापन गर्न टोकन प्रणाली सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले जानकारी दिए ।
ओपिडी सहित सबै ठाउमा चिकित्सकलाई देखाउन पुर्जी काट्नेको भिडभाड हुने गरेको थियो, डा. साहले भने, टोकन प्रणाली लागू भएपछि अस्पताल आउने सेवाग्राहीलाई अब घन्टौं सम्म लाइनमा बसेर सास्ती हुने छैन ।
लाइनमा बस्नुपर्ने समस्याबाट मुक्त गराउन टोकन प्रणाली लागू गराएको जानकारी बताउदै मेसु साहले सबै ठाउमा टोकन प्रणाली लागू गरिएको जानकारी दिए ।
टोकन सिस्टमलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारी समेत सहजीकरणमा खटिने उनले बताए ।
गजेन्द्रनारायण अस्पतालमा दैनिक पा“च सय देखि आठ सय जना सेवाग्राहीले ओपिडीमा सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -