सहारा दैनिक

spot_img
Homeदेशमधेशभूमीहीनहरूको धर्नामा राष्ट्रिय एकता अभियानको ऐक्यवद्धता

भूमीहीनहरूको धर्नामा राष्ट्रिय एकता अभियानको ऐक्यवद्धता

वीरगंज, १७ फाल्गुन ।
मधेश प्रदेशका राजधानी जनकपुरधाममा जारी भूमीहीनहरूको अनिश्चितकालिन धर्नामा राष्ट्रिय एकता अभियानले ऐक्यवद्धता जनाएको छ ।
अभियानका अध्यक्ष विनय यादव धर्ना स्थलमा पुगेर भुमीहिनहरुको आन्दोलनमा ऐक्यवता जनाएका हुन ।
‘भूमी अधिकार र चुरेवन जंगल संरक्षण र सम्बर्धनका निम्ति जन आवाज आन्दोलन’का क्रममा जारी धर्नामा अध्यक्ष यादवसहित मनीष हिन्दू, रवि साह, बन्दना पाण्डेय, जय यादव, हिन्दी अभियानी रमन पाण्डेय लगायतले सहभागिता जनाएका हुन ।
चुरे तथा वन ज·ल संरक्षण अभियानीका राष्ट्रिय संयोजक सुनिल यादवको नेतृत्वमा जनकपुरधाम स्थित राराब क्याम्पसको पूर्व तर्फ गुठी संस्थानको खाली जग्गामा भूमीहिन सुकुम्बासीहरू जग्गा सहित विभिन्न ५ बुंदे माग राख्दै धर्ना बसेका छन् ।
अभियानका संयोजक सुनिल यादवले पटक पटक आन्दोलन गरेपनि सरकारले आफूलाई ठग्दै आएकाले भूमी अधिकारका लागी जन आवाज आन्दोलन अन्तर्गत अनिश्चितकालीन धर्ना सुरु गरेको बताए ।
उनले आफूहरूको माग सम्बोधन नभए सम्म धर्ना जारी रहने बताएका छन ।
उनले भूमीहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकका रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आफूहरूको माग रहेको बताए ।चुरे तथा वन ज·ल संरक्षण अभियान र मधेस प्रदेश सरकार बीच भएको ७ बुंदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नु पर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने माग समेत उनीहरूले अघि सारेका छन् ।
धर्ना दिनु अघि अभियानका नेतृत्वमा भूमीहीन भनिएकाहरूले आफ्ना मागसहित नगरमा जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -