वीरगंज, १६ फाल्गुन ।
बिल बिजक भन्दा बढी लत्ताकपडाहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आइतवार नियन्त्रणमा लिएको विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको ट्रक सोमवार राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
वीरगंज महानगरपालिका वडा नं.२५ सिर्सिया स्थित सडकखण्डबाट ना ६ ख ६२ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेक जांच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको र विल बिजक संकास्पद समेत देखिए पनि ट्रक सहित ट्रक भित्र लोड रहेको लत्ताकपडाहरूको अं.मू.रू. ९२ लाख ८८ हजार ४८ बराबरको मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
विल विजक भन्दा बढि कपडा लोड ट्रक नियन्त्रण

Facebook Comments Box