वीरगंज, १५ फाल्गुन ।
प्लाई बोर्ड कम्पनीमा जागिर गर्दा गर्दै धनाढ्य बन्न सफल मनोज महेस्वरीले पनि झुठो विवरण पेस गरि नेपाली नागरिकता लिएको समाचार बुझिन आएको छ । भारत राजस्थान प्रदेश श्री डुंगडगढ निवासी मनोजले २०६३ सालको नागरिकता टोलीबाट झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको खुलेको हो । नेपालमा बसोबास र जन्म भएको कुनै ठोस आधार प्रमाण नै नभई एक प्लाई बोर्ड कम्पनीको वीरगंज शाखामा कर्मचारीको रुपमा कार्यरत रहंदा रहंदै नेपाली नागरिकता लिए पछि अहिले आफै करोडौमा खेल्न थालेको समाचार श्रोतले जनाएको छ । वीरगंज आदर्शनगर स्थित एक गोदाम र कार्यालय संचालन गरी मनोज नेपाल कै प्लाइ बोर्ड किंगका रुपमा स्थापित गर्ने प्रयासमा जुटेका छन । कुनै बेला अर्काको शाखा कार्यालयमा समान्य कामदारका रुपमा रहंदै आएका मनोज अहिले आफ्नै बैध÷अबैध कारोबार गरेर करोडौ आर्जन गरी सफल भएको श्रोतले जनाएको छ । भारत राजस्थान प्रदेशबाट नेपाल प्रवेस गरेको केही वर्षमै २०४६ साल अघि नै नेपालमा जन्म भएको भनि झुठो विवरण पेस गरेर नेपाली नागरिकता लिएको बुझिन आएको हो । २०६३ सालमा खटिएको नागरिकता टोलीबाट अधिकांश गैर नेपालीले झुठो विवरण पेस गरि मापदण्द विपरीत नेपाली नागरिकता लिएकाहरुको सम्बन्धमा ब्यापक बहस चलिरहेको बेला वीरगंजमा नव नागरीक अर्थात झुठो विवरण पेस गरि नागरिकता लिएकाहरुको झुण्ड नै रहेको तथ्य एक पछि अर्को खुल्न थालेको हो । अझै पनि भारतमा श्रीसम्पतिका साथै सम्पूर्ण ब्यवहार कायम रहदा रहदै जागिर र ब्यपारको सिलसिलामा नेपाल प्रवेस गरेकाहरुले नेपालमा २०४६ साल भन्दा अघि नै जन्म भएको भन्दै आर्थिक बलमा झुठो विवरण पेस गरि मापदण्ड अनुरुपको कागजात समेत पेस नगरि जन्मको आधारमा नागरिकता लिएर दुवै देशको सुविधा भोग गरि रहेका छन ।
Facebook Comments Box