सहारा दैनिक

spot_img
Homeदेशमधेशस्कारपियोको ठक्करले विद्यार्थीको मृत्यु

स्कारपियोको ठक्करले विद्यार्थीको मृत्यु

वीरगंज, ०९ फाल्गुन ।
पर्सा जिल्ला ठोरी गाउपालिकामा स्कारपियोको ठक्करले एक विद्यार्थीको मृत्यु भएको छ ।
कोचि· पढेर घर फर्किने क्रममा ठोरीबाट वीरगंज तर्फ आउदै गरेको बाग्मती प्रदेश – ०१–०२७ च ०३०३ नम्बरको स्कारपियोले ठक्कर दिंदा ठोरी गाउपालिका वडा नं.४ विजयवस्तीको १३ बर्षिय विश्वास श्रेष्ठको मृत्यु भएको हो ।
ठोरी गाउपालिका वडा नं.४ विजयवस्ती स्थित हुलाकी सडक खण्डमा मंगलबार विहान साढे ८ बजेको समयमा नम्बर एकिन नभएको सेतो रंगको स्कारपियो गाडीले ठक्कर दिंदा श्रेष्ठको टाउको र शरीरमा गम्भिर चोट लागेर घाइते भएका थिए ।
घटनाको जानकारी प्राप्त हुन साथ प्रहरी चौकी विजयवस्तीबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते श्रेष्ठलाई उपचारार्थ तराइ अस्पताल वीरगंजमा ल्याएर भर्ना गरेको थियो । उपचार कै क्रममा विहान १०ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
दुर्घटना पनि फरार रहेको स्कारपियो गाडि र चालक चितवन जिल्ला माडी ३ को २५ वर्षीय पदम बिलास पन्तलाई प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिप्रका पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनु भयो ।
घटना बारे थप अनुसन्धान भइ रहेको उहाले जानकारी दिनु भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -