सप्तरी ८, फाल्गुन ।
कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत रेणुका साहको मनोमानी चरम उतकर्समा पुगेको छ ।
मेयर गुप्ता र प्रमुख प्रशासकीय अधिकृत साहले गैर कर्मचारीलाई नै अस्पतालका प्रमुख बनाएर भ्रष्टाचारलाई चरम उत्कर्षमा पु¥याएका छ्न ।
मेयर गुप्ताले आफनो मामाको छोरा डा. संजय गुप्तालाई प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको कार्यालय प्रमुखको जिम्मेबारी तोकिएपछि कार्यपालिका सदस्यहरु विच विवाद उत्पन्न भएको छ ।
दैनिक ज्यालादारीमा कोभिड अस्पतालमा कार्यरत डा. संजय गुप्तालाई मेयर गुप्ताले २०७९ साउन १३ गतेको कार्यापालिकाको बैठकबाट ६ महिनाको लागि करारमा म्याद थप गरेका थिए । तर डा. गुप्ता तीन महिनासम्म अस्पतालमा अनुपस्थित रहेर एका तिर म्याद थपको औचित्य समाप्त गरेका थिए भने म्याद समेत सकिए पछि उनी कर्मचारी नै न रहेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत साह र स्वास्थ्य शाखाका प्रमुख रामसेवक यादबले हस्ताक्षर गरेको पत्रमा अर्को व्यवस्था नहुन्जेलसम्म कार्यालय प्रमुखको पदमा रहेर कार्य गर्न जिम्मेबारी दिएको प्राथमिक स्वास्थ्य केन्द्रका एक कर्मचारीले बताएका छन ।
ती कर्मचारीले डा. गुप्ता ३ महिनासम्म अस्पताल आएनन्,अहिले अचानक नियमकानूनलाई मिचेर कार्यालय प्रमुखको जिम्मेबारी पाएका छन ।
निजामति कर्मचारी बाहेकलाई कार्यालय प्रमुखको जिम्मेबारी दिन नगर कार्यापालिका र अस्पतालको व्यवस्थापन समितिले सम्मपूर्ण जिम्मेबारी लिएपछि मात्रै दिन मिल्ने व्यवस्था छ तर यहां त कुनै प्रत्रिया नै पु¥याइएको छैन ।
डा. साहले प्रमुखको जिम्मेबारी पाएको पत्र पाए पछि शुक्रबार अस्पतालमा एक कार्यक्रम विच कार्यभार सम्हालेका छन ।
यस सम्बन्धमा कञ्चनरुप नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णा साहले डा. संजयलाई कार्यालय प्रमुखको जिम्मेबारी दिएकोबारे कुनै जानकारी नभएको बताएका छन ।
उनले भने, नियमअनुसार अहिले डा. संजय कर्मचारी होइनन्, कसरी प्रमुखको जिम्मेबारी दिइयो मलाई जानकारी छैन ।
व्यवस्थापन समितिका अध्यक्ष साहले समितिको बिना जानकारी प्रमुखको रुपमा हाजिर गराउने कर्मचारीहरुलाई स्पष्टिकरण सोध्ने बताए ।
म यहाका जनतालाई राम्रो सेवा दिन आएको हो,कुनै व्यक्तिको एकल निर्णय कार्यान्वयन गर्न होइन् । काम गर्न सकिदैन भने म अस्पतालको व्यवस्थापन समितिबाट राजीनामा दिन्छु उनको भनाइ छ ।
डा. गुप्ता एमडी अध्ययनका लागि भन्दै बिना कुनै जानकारी ३ महिनासम्म अस्पताल आएका थिएनन् । यस सम्बन्धमा नेपाली काग्रेसका नेता दिपक कुमार गुप्ताले केही समयअघि अस्पतालमा सेवा लिन जादा सेवा राम्रो नपाएपछि मेयरका मामाको छोरा अस्पताल नआएपनि तलब खाइरको बारे समाजिक संजालबाट बिरोध जनाएका थिए ।
अस्पतालका व्यवस्थापन समिति सदस्य ललित शर्माले डा. संजय तीन महिनापछि अस्पताल आएपनि जर्वजस्ती एक महिनाको हाजरी बनाएको बताउदै तीन महिनाकै हाजिरी बनाउन खोज्दा आफूले रोकेको बताए ।
मेयर गुप्ता र प्रमुख प्रशासकीय अधिकृतको बिरुद्ध नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेल सहित १६ जना कार्यापालिका सदस्य आन्दोलनरत छन् ।
Facebook Comments Box
सम्बन्धित खबर