वीरगंज, ०६ फाल्गुन ।
पर्सा जिल्ला धोबिनी गाउपालिका वडा नं. ४ पुल चोक स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
लंगडीबाट हरिहरपुर तर्फ जांदै गरेको प्रदेश नं. २–०३–००६ प ५६५८ नम्बरको मो.सा. दुर्घटनामा सखुवा प्रसौनी गा.पा. वडा नं. ६ को १४ वर्षीय दिपेश कुमार यादवको मृत्यु भएको हो ।
धोबिनी गापा वडा नं. ४ स्थित पप्पु यादवको घरमा घर पुजाको कार्यक्रममा गएको र पप्पु यादवकै मो.सा. लिई विवाहको नाच हेर्न पप्पु कै नातेदार १० वर्षीय दिपु यादवलाई पछाडी राखेर जादै गरेको अवस्थामा शुक्रवार राती ११ बजे कलभर्टमा अनियन्त्रित भई ठोक्किदा दुर्घटना हुंदा घट्ना स्थलमै दिपेशको मृत्यु भएको प्रहरीले जनाएको छ । पछाडी बस्ने दिपु यादवको अवस्था सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा १४ वर्षीय यादवको मृत्यु

Facebook Comments Box