राधेश्याम साह–––––––––––––––
गौर, ०६ फाल्गुन ।
महाशिवरात्रीको अवसरमा शनिवार रौतहट जिल्ला स्थित विभिन्न शिवमन्दिरहरुमा पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ ।
जिल्लाको शिवनगर, गौर, महादेवपटी, पिपरा, सरुअठा, मौलापुर, पचरुखी ,पथरा लगायत एक दर्जनभन्दा बढी शिवमन्दिरहरुमा बिहानैदेखि पूजाआजा गर्ने भक्तजनको भीड लागेको हो ।
भगवान शिवशंकर तथा माता पार्वतीको विवाह भएको दिनमा महाशिवरात्रिको रुपमा मनाउँदै आइरहेको धार्मिक परम्परा रहेको पण्डित राजेन्द्र तिवारीले बताउनु भयो ।
महाशिवरात्रिको दिन भगवान शिवको मन्दिरमा पूजाआजा, भजन किर्तन, व्रत तथा जलाभिषेक गर्नाले मनुुष्यको सम्पूर्ण कष्ट निवारण हुने शिव पुराणमा व्याख्या गरिएको पंडित तिवारीले बताउनु हुन्छ ।
महाशिवरात्रिको दिन भगवान शिवको लि·मा जलाभिषेक एवं नियमनिष्ठा पूर्वक पूजाआजा गर्नाले मनुष्यको रोग, दोष, पाप, सन्ताप तथा दुःख कष्टबाट मुक्ति पाउनुको साथै मनवान्छित फल प्राप्त हुने धार्मिक मान्यता छ ।
महाशिवरात्रीको अवसरमा जिल्ला अन्तरगतका शिवालयहरुमा स्थानीय प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Facebook Comments Box