spot_img

बीरगंज महानगरपालिकाद्वारा सर्वदलीय बैठक आयोजनाः विकाश निर्माण कार्यमा सबै दल एक मत



वीरगंज, ०५ फाल्गुन ।
बीरगंज महानगर पालिकाद्वारा आयोजित सर्वदलीय बैठकमा राजनैतिक दलका नेताहरूले विकाश निर्माणको कार्यमा महानगरपालिकासंग हातोमालो गरि अधि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बीरगंज महानगरपालिकाले शुक्रवार आयोजना गरेको सर्वदलीय बैठकमा महानगरपालिकाले संचालन गरिरहेको विकास निर्माण कार्य तथा अगामी योजना प्रति सबै राजनैतिक दलहरुले हातोमालो गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।
बैठकमा विकास निर्माण र विभिन्न अभियानमा राजनैतिक दलले साथ र सहयोग गर्ने तथा राजनैतिक दलको सल्लाह सुझाव महानगरपालिकाले आत्मसात गर्ने निर्णय पनि गरेको छ ।
सो अवसरमा वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले महानगर पालिकाले अहिलेसम्म गरेको र अगामी दिनमा गर्ने विकास निर्माण तथा विभिन्न अभियान बारे सविस्तार जानकारी गराउनु भएको थियो । उहाले अगामी दिन राजनैतिक दलहरूको सुझाव लाई आत्मसात गरी सहकार्य गरिने बताउनु भयो ।
त्यसै गरी महानगरका उप मेयर ईम्तियाज आलमले महानगरपालिकाले राजनैतिक आग्रह पुर्वाग्रह भन्दा माथि उठेर विकास निर्माण कार्य अधि बढाएको बताउनु भयो ।
बैठकमा नेपाली काग्रेसका वीरगंज महानगर समितिका सभापति मणिन्द्र लाल नेपाली, नेकपा एमाले बीरगंज महानगर कमिटीका सचिव सुन्दर कुर्मी, नेकपा माओवादी केन्द्रका बीरगंज महानगर कमिटी सचिव सुरेन्द्र गुप्ता , जसपाको बीरगंज महानगर समितिको अध्यक्ष ईश्वरचन्द्र यादव , नेकपा (एस) को बीरगंज महानगर कमिटी अध्यक्ष मनोज कुमार चौधरी र सचिव बृजलाल पासवान र जनमत पार्टीको उमा शंकर गुप्ताको सहभागीता रहेको थियो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर