सहारा दैनिक

spot_img
Homeसमाचारप्रतिष्ठानमा गरिएको असमावेशी नियुक्ति सच्याउन जसपाको माग

प्रतिष्ठानमा गरिएको असमावेशी नियुक्ति सच्याउन जसपाको माग

वीरगंज, ०५ फाल्गुन ।
जनता समाजवादी पार्टी नेपालले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा गरिएको उपकुलपति र प्राज्ञहरुको नियुक्ति सच्याउन माग गरेको छ ।
जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतद्वारा जारी प्रेस विज्ञप्ती मार्फत यस्तो माग गरेको हो ।
विज्ञप्तीमा संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशीता पछिल्लो राजनीतिक आन्दोलनका महत्वपूर्ण उपलब्धीहरु हुन् । यी उपलब्धीहरुलाई संस्थागत गर्नु हामी सबैको दायीत्व हो भनिएको छ ।
बर्तमान सरकारले राज्यका विभिन्न संरचना, निकाय र आयोगहरुमा नियुक्ति गर्दा जातिय÷समुदायिक समानुपातिक समावेशीताको मर्म बिपरीत एकल जातिय प्रभुत्व र वर्चस्वलाई प्रार्थमिकतामा राख्दै आएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा गरेको उपकुलपति र प्राज्ञहरुको नियुक्तिप्रति जसपाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
जसपाले संविधानको मर्म र भावना तथा समावेशिताको सिद्दान्त विपरित गरिएका नियुक्तिहरु सच्चाई समानुपातिक समावेशीताको मर्म अनुकुल हुने गरी नियुक्ति गर्न विज्ञप्ती मार्फत माग गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -