वीरगंज, ०५ फाल्गुन ।
प्रतिबन्धित विभिन्न लागु औषध सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं.१६ स्थित बसपार्क भानु चोकमा शंकास्पदरूपमा हिँडिरहेको अवस्थामा एक जनालाई विभिन्न लागु औषध सहित प्रहरी चौकी बस पार्कले पक्राउ गरेको हो ।
शंकास्पद रुपमा हिडि रहेको अवस्थामा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.१० को २० वर्षीय सुजन ठकुरीलाई खान तलासी गर्दा निजले शरीरमा सेतो टेपले बेरी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध डाइजेपाम–१५ एम्पुल, नुरफिन–१५ एम्पुल, फेनारगन–१५ एम्पुल र ल्क्ष्त्च्ब्श्भ्एब्ः त्बदभितक २८ पत्ता फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
फेला परेको लागु औषध सहित निजलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइ रहेको जिप्रकाले जनाएको छ ।
विभिन्न लागु औषध सहित एक पक्राउ

Facebook Comments Box