spot_img
Homeदेशमधेशवन वातावरण तथा वन उद्यम सम्बन्धी अभिमुखीबरण सम्पन्नः संरक्षणका लागी वृक्षारोपण आवश्यक–मेयर...

वन वातावरण तथा वन उद्यम सम्बन्धी अभिमुखीबरण सम्पन्नः संरक्षणका लागी वृक्षारोपण आवश्यक–मेयर सिंह

वीरगंज, ०४ फाल्गुन ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरलाई हराभरा र सुन्दर बनाउने काम भइरहेको बताउनु भएको छ ।
वीरगंज महानगरपालिकाले आयोजना गरेको वन वातावरण तथा वन उद्यम सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले वातावरण संरक्षणका लागि वृक्षारोपण गर्नु पर्ने आवश्यक्ता औँल्याउनु भयो ।
उहाले महानगरका विभिन्न स्थानमा रहेका खाली जग्गामा वृक्षरोपण गरेर हराभरा बनाउने तर्फ महानगर लागिपरेको बताउदै रुख रोप्नु मात्रै नभएर त्यसको संरक्षणका लागी पनि महानगरले योजना बनाएको बताउनु भयो ।
अभिमुखीकरणमा वातावरण संरक्षण र गरिबी निवारणका लागि वनको विस्तार गर्नु पर्ने डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत फर्मान मियाँले बताउनु भयो ।
मियाँले वन मार्फत समृद्धि हाँसिल गर्न सकिने बताउनु भयो ।
समृद्धिका लागि वन परियोजना अन्तर्गत वीरगंज महानगरपालिकाका ३२ वटै वडाका वडा अध्यक्ष एवम् सचिवहरुको लागी आयोजित अभिमुखीकरणमा सहायक वन अधिकृत मियाँले जलवायु, मौसम र वातावरणका बारेमा प्रकाश पार्दै तापक्रम, वर्षा र वायु चाप नै मौसम र जलवायुका मापदण्ड भएको बताउनु भयो ।
हरित गृह ग्यासको उत्सर्जन र यसले पार्ने प्रभावसंगै वन मार्फत यसलाई न्युनिकरण गर्न सकिने बारेमा उहाले जानकारी गराउनु भयो ।
मियाँले औद्योगि करण, सवारी साधन, फोहोर, वन विनाश आदिका कारण हरित गृह ग्यासको उत्पादन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै पृथ्वीको सुरक्षाका लागी रुख रोप्नुको विकल्प नरहेको बताउनु भयो ।
अभिमुखीकरणमा वन प्राविधिक दशरथ रौनियारले वनमा आधारित उद्यमका बारेमा जानकारी गराउनु भयो ।
वनमा आधारित उद्यम सञ्चालनका लागि बैंक एवम् वित्तिय संस्थाबाट ऋण लिंदा ९ प्रतिशत भन्दा बढी ब्याज लिन नमिल्ने उहाले जानकारी गराउनु भयो ।
अभिमुखीकरणमा सहभागी वीरगंज महानगरपालिका वडा नं. २६ का वडाअध्यक्ष शम्भु मिश्राले वडालाई अधिकार नदिंदा सम्म सिकेका कुरालाई व्यवहारिक बनाउन नसकिने बताउनु भयो ।
अभिमुखीकरण एवम् तालिममा सिकेका कुरालाई लागु गर्नका लागि वन संरक्षण एवम् वृक्षरोपण लगायतका कार्यका लागी वडाहरुलाई पनि आवश्यक बजेट उपलब्ध गराउनु पर्नेमा वडाअध्यक्ष मिश्राले जोड दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -