वीरगंज, ०२ फाल्गुन ।
छुट्टा–छुट्टै सवारी दुर्घटनामा परी १८ महिने वालक सहित दुई जनाको मृत्यु भएको छ ।
वीरगंज महानगर अन्तरगत छुट्ट–छुट्टै स्थानमा भएको सवारी धुर्घटनामा एक १५ महिने बालक सहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलवार दिउसो ३ बजे वीमनपा वडा नं. १० स्थित टाउनहल नजिक सडकखण्डमा इरिक्सा पल्टिदा १८ महिने बालकको मृत्यु भएको हो ।
वीमनपा वडा नं.१० आदर्शनगरको राम सुन्दर दास तत्माले चलाइरहेको ना.१ ह ३७४० नम्बरको ई–रिक्सा घुम्तिमा अनियन्त्रित भई पल्टिदा ई–रिक्सामा सवार वीमनपा वडा नं.१० पानीटंकी बस्ने राजिव कुमार माली र निजको १८ महिने छोरा रिशव मालीको टाउको तथा नाकमा गम्भिर चोट लागि घाईते भएको थियो ।
घाइते बाबु छोरालाई तत्काल प्रहरी चौकी आदर्शनगरबाट खटिएको प्रहरी टोलीले उपचारको लागी एडभान्स अस्पताल वीरगंजमा लैजांदा बालक रिशव मालीको नाकबाट रगत बन्द नभए पछि थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंंजमा पु¥याइएको प्रहरीले जनाएको छ ।
नेशनल मेडिकल कलेजमा उपचारकै क्रममा बालक रिशव मालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनँएको छ ।
त्यसै गरी वीमनपा वडा नं. २० अपौनी चोकमा सोमवार राती ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
बहुअरीबाट परवानीपुर तर्फ गईरहेको बा.प्र.०३–००१ ख १४१८ नम्बरको ट्रकले परवानीपुरबाट अपौनी तर्फ आउदै गरेको साईकललाई ट्रकले ठक्कर दिदा साईकलमा सवार नागेन्द्र ठाकुरको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट साइकल यात्री ठाकुर सडक किनाराको सिमेन्टको रेलि·मा च्यापीएर गम्भीर घाईते भएका थिए ।
गम्भिर घाइते ठाकुरदलाई जि.प्र.का. पर्साका प्र.उ. कोमल शाह नेतृत्व प्रहरी टोलीले उद्धार गरी नारायणी अस्पताल वीरगंजमा पु¥याउदा चिकित्सकले मृत घोसित गरेको जिल्ला प्रहरी कार्यालय पर्साकाप्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।
दुर्घटनामा संलग्न इरिक्सा र ट्रक सहित चालकहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box