वीरगंज, ०२ फाल्गुन ।
स्वर्गीय गोपालचन्द्र गोतामे स्वर्ण पदक पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष मनिका झालाई प्रदान गरिएको छ ।
गोपालचन्द्र गौतम प्रतिष्ठानले वीरगंजमा आयोजना गरेको एक कार्यक्रम विच अन्नपूर्ण पोष्टकी मधेस प्रदेश ब्यूरो प्रमुख समेत रहेकी झालाई एक तोला सुनसहितको स्वर्ण पदक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, स्वर्गीय पत्रकार गौतमकी धर्मपत्नि सुधा गौतम र पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले झालाई पदक प्रदान गर्नुभयो ।
सो अवसरमा मेयर सिंहले पत्रकार गोपालचन्द्र गौत्तम वीरगंजको धरोहर भएको बताउदै पत्रकार गौत्तमको नाममा प्रतिष्ठानले पुरस्कारको आयोजना गर्दै आएकोमा प्रशंसा गर्दै उनको नाममा सडक र शालिक बनाउन सुझाव दिनु भयो ।
मेयर सिंहले प्रतिष्ठानका लागि रु. दश लाख सहयोग गर्ने घोषणा पनि गर्नु भयो । उहाले वीरगंजको नाम देशभर फैलाउने सबैको नाममा वीरगंजमा म्युजियम बनाउने र उनीहरुको कृति नया“ पुस्तालाई सुनाउने वातावरणको निर्माण गर्न महानगरले सहयोग गर्ने बताउनु भयो । पत्रकार स्व गौतमको स्मृतिमा १३ वर्ष अघि स्थापना भएको पुरस्कार प्रतिष्ठानले सामाजिक उत्तरदायित्वअनुरूप अब्बल पत्रकारिता गर्ने एक सञ्चारकर्मीलाई प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिष्ठानका अध्यक्ष जगदिश शर्माको सभापतित्वमा आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष महेश दास, पुरस्कृत पत्रकार मनिका झा लगायतले स्व. पत्रकार गौतमको व्यक्तित्व बारे चर्चा गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर झाले स्वागत गरेका थिए भने नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, पूर्व अध्यक्ष शत्रुधन नेपाल लगायतको उपस्थिती रहेको थियो ।
गोतामे स्वर्ण पदक पत्रकारिता पुरस्कार झालाई प्रदान

Facebook Comments Box