सहारा दैनिक

spot_img
Homeदेशमधेशअपहरणमा परेका पटवाको उद्धार, आठ जना पक्राउ

अपहरणमा परेका पटवाको उद्धार, आठ जना पक्राउ

वीरगंज, ०१ फाल्गुन ।
अपहरण गरी शरीर बन्धक बनाइ लुटपाट गर्ने गिरोहलाई हतियार सहित पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. ६ स्थित रेल्वे सडकखण्डबाट अपहरणमा परेका विशाल कुमार पटवालाई प्रहरीले उद्धार गर्नुको साथै अपहरणमा संलग्न रहेका आठजनालाई पक्राउ समेत गरेको हो ।
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी टोलीले हतियार देखाएर पटवालाई अपहरण गरी लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा वीरगंज महानगरपालिका वडा नं. २ छपकैया निवासी सदाम अन्सारी, वडा नं ११ श्रीपुर निवासी सन्तोष लामा, मोजालिम मिया“, रोशन थापा, वडा नं २४ निवासी विजय महतो, बारा जिल्ला परवानीपुर गाउ“पालिका वडा नं. ३ निवासी नबाब हुसेन, कलैया उपमहानगरपालिका वडा नं. २३ निवासी मुकेश पटेल र भारत विहारको मोतिहारीका इमाम अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।
सो घटनामा पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रउ शाहले पटवालाई हतियार देखाएर अपहरण भएको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीमनपा वडा नं. १५ स्थित भिस्वाबाट निजलाई उद्धार गर्न सफल भएको बताउनु भयो ।
उहाले अपहरणमा संलग्नहरुलाई वीमनपा वडा नं. ६ स्थित रेल्वे खण्डबाट पक्राउ गरिएको जानकारी दिनु भयो ।
पक्राउ परेकाहरुको साथबाट अपहरणमा प्रयोग गरिएको एक थान पेस्तोल, पा“च राउन्ड गोली, रु चार लाख ९५ हजार नगदसहित ना१९प २८०८, ना६२प १०० र बिआर १ सिआर २४२५ नंको मोटरसाइकल समेत बरामद भएको प्रहरी उपरीक्षक शाहले बताउनु भयो ।
पक्राउ परेकाहरु माथि अपहरण तथा शरीर बन्धक, डा“का, हात हतियार तथा खरखजाना एवं स·ठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइएको पत्रकार सम्मेलनमा जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -