spot_img

कपडाहरू लोड दुई ट्रक नियन्त्रण



वीरगंज, २६ माघ ।
बिल बिजक भन्दा बढी लत्ताकपडाहरू लोड रहेको ट्रकहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.२५ चण्डालचोक सडकखण्डबाट लत्ताकपडाहरू लोड रहेको दुई ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ना.६ ख ४००६ र ना.६ ख ४६०८ नम्बरको मालवाहक ट्रकहरूलाई रोकेर जांच गर्ने क्रममा सिल बन्द नरहेको साथै विल बिजक संकास्पद देखिए पछि उक्त ट्रकहरु नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रक सहित लोड रहेको लत्ताकपडाहरूको अं.मू.रू. ३६ लाख ८८ हजार ९१ मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर