spot_img
Homeदेशमधेशस्रोत नखुलेको रकम सहित दुई पक्राउ

स्रोत नखुलेको रकम सहित दुई पक्राउ

वीरगंज, २६ माघ ।
स्रोत नखुलेको रकम सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल नेपाल पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्यगेट स्थित सडक खण्डबाट स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको हो ।
संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउने सवारी साधनहरू चेकजांच गर्ने क्रममा द्यच्ण्छब्ख् टडठज्ञ नम्बर र द्यच्ण्छब्त् डढटठ नम्बरको भारतीय मो.सा.लाई रोकेर चेकजांच गर्दा हेल्मेट भित्र लुकाएर ल्याइएको अवस्थामा रु. १८ लाख फेला परेको जिप्रकाले जनाएको छ ।
उक्त मो.सा.हरुमा सवार भारत विहार जिल्ला मोतिहारी रक्सौल वडा नं.१० को राकेश कुमार र भारत विहार जिल्ला मोतिहारी रक्सौल वडा नं.११ को प्रसंजित कुमारलाई ९–९ लाख रकम सहित पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
उनीहरुबाट ने. रु. १ हजार दरको ६–६ सय र ५ सय दरको ६–६ सय नोट बरामद भएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।
श्रोत नखुलेको उक्त रकम फेला परे पछि उनीहरुलाई मो.सा. सहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइ रहेको प्रनाउ गिरीले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -