वीरगंज, २६ माघ ।
नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस/कलेजको संयुक्त आयोजनामा फाल्गुन ७ र ८ गते युनिग्लोब एसएस/कलेज, कमलादीमा सातौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ ।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST), राष्ट्रिय आविष्कार केन्द्र (NIC), नेपाल युवा परिषद् (NYC), युनेस्को–नेपाल , अनुसन्धान तथा विकास सोसाईटी नेपाल (RDS) र नेपाल विज्ञान शिक्षक समाज (STAN) संगको सहकार्यमा सातौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको हो ।
सम्मेलनमा देशभरका कक्षा ८ देखि १२ सम्मका युवा अनुसन्धानकर्ताहरूले भाग लिन सक्ने जनाइएको छ ।
सम्मेलनमा युवा वैज्ञानिकहरुले पांच विभिन्न विधाहरू मध्ये कुनै एकमा आफ्नो अनुसन्धान कार्य प्रस्तुत गरि प्रतिस्पर्धा गर्न सक्नेछन ।
इन्जिनियरिङ तथा रोबोटिक्स, जीव विज्ञान, रसायन तथा पर्यावरण विज्ञान, भौतिक विज्ञान, र गणित र कम्प्युटर विज्ञान (आर्टिफिसियल इन्टेलीजेन्स समेत)मा प्रतिस्पर्धा गर्न सकिने जनाइएको छ ।
सम्मेलनमा महिला र अपा·ता भएका युवा अनुसन्धानकर्ताहरूलाई सहभागिताका लागि बिशेष प्रोत्साहन समेत गरिने जनाइएको छ ।
हरेक विधामा युवा अनुसन्धाताले आफ्नो अनुसन्धानलाई संक्षिप्त लिखित सारांश, छोटो भिडियो, पोस्टर तथा मौखिक प्रवचनको रूपमा प्रस्तुत गर्ने छन् ।
युवा वैज्ञानिकको अनुसन्धान कार्यको नवीनता पुरस्कार तथा पदकका लागि छनोटको मुख्य मापदण्ड हुने छ । सम्मेलनका बिजेताहरुलाई पांच विभिन्न विधामा प्रमाणपत्र र पदकसहित सम्मान गरिने छ ।
साथै शीर्ष विजेताहरू सन् २०२३ नोवेम्बर २७ देखि डिसेम्बर १ सम्म मेक्सिकोको हर्मोसिलो, सोनोरामा आयोजना हुने “१२औं एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलन” मा सहभागिताका लागि आवेदन दिने योग्य समेत हुने छन् ।
शिखर सम्मेलनका विजेताहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अन्य अनुसन्धान तथा सहकार्यका अवसरहरू पनि प्रदान गरिने जनाइएको छ ।
फागुनमा सातौं युवा वैज्ञानिक शिखर सम्मेलन आयोजना हुने
Facebook Comments Box