spot_img

चोरी भएको सामान सहित एक पक्राउ



वीरगंज, २५ माघ ।
घरबाट चोरी भएको सामानहरु सहित एक चोरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १२ निवासी कपिल प्रसाद रौनियारको घरबाट माघ ७ गते चोरी भएको सामान र नगद सहित चोरलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले रौनियारको घरबाट चोरी भएको सामान सहित भारत विहार जि.सितामढी ग्राम ६ हाल वी.म.न.पा.वडा नं.१३ बस्ने २० वर्षीय राजु आलम भन्ने फैयाज आलमलाई पक्राउ गरेको हो ।
कामको सिलसिलामा रौनियार काठमाण्डौ गएको हुंदा निजको घरमा कोही नभएको मौका छोपी निजको दुई तल्लेघरको मूलढोकाको ताल्चा फुटाएर घरमा रहेको नगद रू.१ लाख सहित गरगहना अन्य सामानहरू गरी जम्मा रू.१२ लाख १० हजार बराबरको धनमालहरू चोरी भएको भन्ने व्यहोराको सूचना प्राप्त भए पछि जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट प्र.नि.डिल्लीराज सापकोटाको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले अनुसन्धान गरी खोज तलासको क्रममा माघ २३ गते आलमलाई पक्राउ गरेको जिप्रकाले जनाएको छ ।
आलमलाई पक्राउ गरी निजको वीमनपा वडा नं.१३ स्थित डेराकोठा खानतलासी गर्दा चोरी भएको ीभ्म् २ थान र क्यामेरा १ थान सहित गरगहनाहरू फेला परेको जिप्रकाले जनाएको छ ।
फेला परेको सामानहरु बरामद गरी आलम विरुद्द चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान भइ रहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर