वीरगंज, २४ माघ ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मधेसी दलहरुले मधेसका मुद्दालाई सत्तामा पुग्ने भ¥याङ बनाएर भजाएको आरोप लगाउनु भएको छ ।
जनमत पार्टी पर्साले मंगलबार वीरगंज स्थित रोयल पार्टी प्यालेसमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो आरोप लगाउनु भएको हो ।
उहाले मधेसका मुद्दा सत्तामा पुग्ने भ¥याङ बनाएर भजाएकै कारण चुनावमा मधेसी जनताले मधेशवादी दलहरुलाई ठेगान लगाएको बताउनु भयो ।
उहाले आफनो पार्टी मधेसमा नयाँ शक्तिको रुपमा उदाएको बताउदै मधेसी दलले अहिले सम्म मधेसका मुद्दालाई सत्तामा पुग्ने भ¥याङ बनाउदै आएका थिए , त्यही भएर तीनलाई मधेसी जनताले ठेगान लगाइ दिए , अनि मधेसको वैकल्पिक शक्तिका रुपमा जनमत पार्टीलाई रोजेका हुन् उहाले भन्नु भयो ।
कार्यक्रममा पछिल्लो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका उम्मेदवारहरु जनमत पार्टीमा प्रबेश गरेका छन् ।
कार्यक्रममा ठाकुर राम बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति मुकेश द्विवेदी, रेडियो सम्रग मधेशका संचालक श्याम गुप्ता लगायतले जनमत पार्टीमा प्रवेश गरेका छन ।
नव प्रबेशीहरुलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीमा स्वागत गर्नु भयो ।
जनमत पार्टीमा प्रबेश गरेका द्विवेदी गत प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पर्सा क्षेत्र नं. २ को (ख) बाट स्वतन्त्र प्रदेशसभा सदस्यमा चुनाव लडेका थिए भने गुप्ता पर्सा क्षेत्र नं. १ को (ख) बाट स्वतन्त्र प्रदेशसभा सदस्यका उम्मेदवार थिए ।
जनमत पार्टीका पर्सा इन्चार्ज श्याम शंकर चौरसियाको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व जिल्ला इन्चार्ज सुजित चौरसिया, डा. अजय यादव, सब्बु खातुन लगायतको उपस्थिती रहेको थियो ।
मधेशी दलहरुले मधेशका मुद्दालाई सत्तामा पुग्ने भर्याङ बनाए–राउत

Facebook Comments Box