spot_img
Homeदेशमधेशतीन महिने लघु उद्यम तालिम सम्पन्न

तीन महिने लघु उद्यम तालिम सम्पन्न

वीरगंज, २३ माघ ।
गरिबी निवारण गर्ने अभिप्रायका साथ आयोजित लघु उद्यम तालिम सम्पन्न भएको छ ।
वीरगंज उद्योग वाणिज्य संघ, लघु व्यवसाय विकास कोष पर्साद्वारा संयुक्त आयोजित ३ महिने तालिमको एक कार्यक्रम विच सोमवार समापन भएको हो ।
वीरगंज महानगरपालिका र वीरगंज उद्योग वाणिज्य संघको समन्वयमा आयोजित तालिममा सिलाई कटाई, ढाका बुनाई, फेशन डिजाइनिंग, मध्यम तालिम अन्तर्गत बेतबासका फर्निचर, मोबाइल बनाउने र काठका फर्निचर निर्माण गर्ने सहभागीहरुलाई सिकाइएको छ ।
तालिममा सहभागी १ सय २० जनालाई विभिन्न किसिमका सिप प्रदान गरिएको वुमैन स्किल सेन्टरकी अध्यक्ष चञ्चला दासले जानकारी दिइन् । तालिममा वास्तविक विपन्न एवम् लक्षित वर्गलाई समावेश गराइएको उनले जानकारी दिइन ।
तालिमको समापन कार्यक्रममा वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलमले यस्ता किसिमका सिपमुलक तालिमबाट विपन्न वर्ग आत्मनिर्भर बन्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाले गरिबी एवम् बेरोजगारीको समस्यालाई निरुत्साहित गर्दै आयआर्जनका बाटोहरु खोज्नका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो ।
आगामी दिनमा अरु तालिम पनि सञ्चालन गर्ने गरी महानगरले गृहकार्य गरीरहेको जानकारी दिंदै उपमेयर आलमले तालिमबाट सिकेका कुरालाई व्यावहारमा लागु गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो ।
तालिमको समापन कार्यक्रममा अर्विन्द अमात्य, वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, चेली सहकारी संस्थाकी कमला रिजाल, महिला उद्यमी निभा दास लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -