सहारा दैनिक

spot_img
Homeदेशमधेशभन्सार छली गरी ल्याइएको सामानहरु नियन्त्रण

भन्सार छली गरी ल्याइएको सामानहरु नियन्त्रण

वीरगंज, २३ माघ ।
भन्सार छली ल्याउदै गरेको नियन्त्रणमा लिएका विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामानहरू भन्सार चलान गरिएको छ ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएका प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ ईनर्वागाउ स्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको सामानहरु भन्सार चलान गरेको हो ।
अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिईएको रू.५ लाख ६९ हजार १ सय ५१ मुल्य बराबरको खाद्यान्न तथा लत्ताकपडाहरू आवश्यक कारवाहीको लागि सोमवार वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -