spot_img

ट्रायल सेन्टरबाट नक्कली प्रशिक्षार्थी पक्राउ



वीरगंज, २२ माघ ।
यातायात कार्यालयद्वारा सवारी चालक अनुमती पत्र (लाइसेन्स)को ट्रायल सेन्टरबाट २ जना नक्कली प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. २३ स्थित यातायात कार्यालयको ट्रायल सेन्टरबाट वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले दुई जना नक्कली प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले पर्सा जिल्ला सखुवा प्रसौनी गाउपालिका वडा नं. ३ को ३६ वर्षीय निजामोदिन अंसारीको ठाउमा वी.म.न.पा. वडा नं. २४ रामगढवाको २० वर्षीय सर्दुन अंसारीले लिखित परिक्षाको लागी कृते हाजिरी गरेकोमा दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर