सहारा दैनिक

spot_img
Homeदेशमधेशलागु औषध लोड गाडी सहित दुई पक्राउ

लागु औषध लोड गाडी सहित दुई पक्राउ

वीरगंज, २२ माघ ।
प्रहरीले ठुलो मात्रामा प्रतिबन्धित लागु औषध लोड गाडी सहित दुई जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय विर्ता र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट आइतवार प्रतिबन्धित लागु औषध लोड गाडी सहित दुई जनालाई पक्राउ गरेको हो ।
विभिन्न सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा ना.२ च ७९०५ नम्बरको टाटा सुमो गाडीलाई रोकेर जाँच गर्दा पर्सा जिल्ला जगरनाथपुर गा.पा.वडा नं.१ बिसुनपुर्वाको अबु अयुव असरफ र वीमनपा वडा नं. २ चपकैयाको ईजहार आलमले गाडीको बर्नट भित्र सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onrex 100ml को ३५८ बोत्तल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध फेला परे पछि टाटा सुमो सहित निजहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइ रहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -