सहारा दैनिक

spot_img
Homeदेशमधेशपिपरा लिंक रोडको महात्मागान्धी नामाकरण स्वागतयोग्य–सांसद चौरसिया

पिपरा लिंक रोडको महात्मागान्धी नामाकरण स्वागतयोग्य–सांसद चौरसिया

वीरगंज, २२ माघ ।
नेपाली कांग्रेसका नेता एवं पर्सा क्षेत्र नं २ का सांसद अजय कुमार चौरसियाले वीरगंज–१४ पिपरास्थित लिंक रोडलाई महात्मागान्धी रोड नामाकरण गरिनु स्वागतयोग्य भएको बताउनुभएको छ ।
जगतगुरु श्री रविदास जयन्तीको अवसरमा पर्सागढी नगरपालिका वडा नं. ८ स्थित हरपुर टाडी टोलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद चौरसियाले अहिंसाको आन्दोलनबाट समुदायलाई निरन्तर शान्ति र एकतातर्फ डो¥याउने गान्धीको नामले सडक नामाकरण गरिनु प्रशंसायोग्य भएको बताउनु भयो ।
उहाले समुदायका लागि सत्कर्म गर्नेहरुलाई देशको सिमानाले छुट्टयाउन नसकिने बताउदै समुदायको निर्माणमा एक इट्टा थप्ने व्यक्तिको योग्दान पनि प्रशंसायोग्य हुन्छ, गान्धीले त विश्वलाई अहिंसा र सत्यको पाठ पढाएका छन भन्नु भयो ।
विश्वलाई अहिंसा र सत्यको मार्गमा हिंड्न प्रेरित गर्ने गान्धीको सम्मानमा विश्वका ८० वटा देशमा शालिक निर्माण गरिएको उदाहरण दिंदै उहाले वीरगंजमा पनि गान्धीको नामबाट सडक नामाकरण गरिनु गौरवको विषय भएको बताउनु भयो ।
उहाले सामाजिक विकृतिका विरुद्ध निरन्तर चेतनाको सञ्चार गर्नुभएका जगतगुरु रविदास, कविरदास र गान्धीहरुबाट समुदायले प्रेरणा लिनुपर्ने बताउनु भयो ।
“ सांसद चौरसियाले विश्वका ८० भन्दा बढी देशमा गान्धीको शालिक छ, भारतको पटनामा वीपि कोइरालाको शालिक छ, भारतकै बेत्तियामा गोपालसिंह नेपालीको शालिक र चोक छ, वीरगंजमा पनि गान्धीको नामबाट सडक नामाकरण गरिंदा विरोध गरिनु हुंदैन, यो गौरवको विषय हो भन्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य श्याम पटेल, क्षेत्रीय सभापति मो. सहाबुद्दीन लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -