सहारा दैनिक

spot_img
Homeदेशमधेशसप्रउ थपलिया र वीउवा संघ पदाधिकारी विच छलफलः अवैध व्यापार नियन्त्रणका लागि...

सप्रउ थपलिया र वीउवा संघ पदाधिकारी विच छलफलः अवैध व्यापार नियन्त्रणका लागि सशस्त्र प्रहरी क्रियाशील रहन्छ–सप्रउ थपलिया

वीरगंज, २२ माघ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक र वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी वीच भेटघाट तथा छलफल भएको छ ।
छलफलमा सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका नव आगन्तुक प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले बोर्डरलाई डिजिटलाइज पोलिसिङको व्यवस्था, औद्यौगिक सुरक्षा बलको स्थापनाका लागि पहल गर्ने बताउनु भयो ।
वीउवा संघले आयोजना गरेको कार्यक्रममा सप्रउ थपलियाले विगतमा भएका गरेका राम्रो कार्यहरुमा अझ वृद्धि गर्ने, औद्योगिक सुरक्षा र अवैध व्यापार नियन्त्रणका लागि सशस्त्र प्रहरी क्रियाशील रहने र सीमा सुरक्षामा हुने अपराध तथा राजस्व लगायतका अपराधहरुको चुनौतीलाई अवसरको रुपमा लिई अघि बढ्ने बताउनु भयो ।
उहाले पर्साका सीमा सुरक्षा तथा औद्योगिक सुरक्षाका बिषयमा आफु गम्भीर रहेको बताउदै वीरगंज आर्थिक नगर भएकोले यसको महत्व र उपादेयतालाई मध्यनजर गर्दै सोही अनुरुपको सुरक्षा व्यवस्था मिलाउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । शान्ति सुरक्षा कायम गर्नका लागि चुनौतीहरु पनि यस क्षेत्रमा रहेको भन्दै औद्योगिक शान्ति सुरक्षाको लागि आपूmले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
सो अवसरमा वीउवा संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले वीरगंज लगायत यस क्षेत्रमा कायम रहेको शान्ति सु–व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, आन्दोलनमा फुटाइएका सिसिटिभी परियोजनाको व्यवस्थापन र विस्तारमा आफुहरुको निरन्तर सहयोग रहने बताउनुभयो ।
अध्यक्ष गुप्ताले आर्थिक क्रियाकलाप बढी हुने र खुल्ला नाका भएकोले खुल्ला तस्करी तथा आपराधिक गतिविधि सोही अनुपातमा हुन सक्ने भएकोले सोही अनुरुपको सुरक्षा व्यवस्थाको प्रबन्धको लागि आग्रह गर्नु भयो ।
संघले आर्थिक विकासको कुरा मात्र गर्दैन, सामाजिक, सांस्कृति, शैक्षिक, स्वास्थ्य क्षेत्रको उन्नयन र विस्तारमा समेत आफ्नो संस्थागत ऊर्जा खर्चिदै आएको सो अवसरमा अध्यक्ष गुप्ताले बताउनु भयो ।
कार्यक्रममा संघका उपाध्यक्ष हरिप्रसाद गौतम, माधवराज पाल, कार्यसमिति सदस्य आशिष लाठ, शिवजी प्रसाद कलवार, निरज अग्रवाल लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -