spot_img

स्वतन्त्र प्रदेश सांसद कलवार जसपामा



वीरगंज, २२ माघ ।
मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद सरदा शंकर प्रसाद कलवार जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् ।
बारा जिल्ला निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित कलवार जसपा प्रवेश गरेका हुन् ।
नेकपा एमालेको उम्मेदवार बनेका बलबीर चौधरी र माओवादीका उम्मेदवार मोतिलाल कुश्वाहालाई पराजित गरी कलवार निर्वाचित भएका थिए ।
त्यसै गरी जनता समाजवादी पार्टी, नेपालबाट बागी उम्मेदवार बनेका कुश्वाहा आइतबार आफ्नै पार्टीमा फर्केका छन् ।
मधेश प्रदेशका अर्थ तथा योजना मन्त्री संजय कुमार यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादवले उनलाई पार्टी प्रवेश गराएको जसपाले जनाएको छ ।
यससंगै मधेश प्रदेशमा जसपाको सांसद संंख्या १९ पुगेको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर