सहारा दैनिक

spot_img
Homeदेशमधेशस्रोत नखुलेको रु. २० लाख सहित १ पक्राउ

स्रोत नखुलेको रु. २० लाख सहित १ पक्राउ

वीरगंज, १९ माघ ।
स्रोत नखुलेको रकम सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगंज म.न.पा.वडा नं.१६ रजतजयन्तीचोक स्थित सडक खण्डबाट श्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मो.सा. चालक संकास्पद रुपमा सवार भई आईरहेको अवस्थामा रोकेर चेक जांच गर्ने क्रममा मो.सा.चालक श्याम किशोर प्रसाद साहको तलासी लिंदा निजसंग हजार दरका १६०० थान र पांच सय दरका ८०० थान गरी नेपाली रुपैया २० लाख बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरुले बरामद रकमको श्रोत खुलाउन नसकेको हुंदा मो.सा. चालक बारा जिल्ला बिश्रामपुर गाउँपालिका वडा नं. ४ बस्ने श्याम किशोर प्रसाद साहलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ निर्मल बुढाथोकीले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -