सहारा दैनिक

spot_img
Homeदेशमधेशवीरगंजमा बस्ने बाहिरी व्यक्तिहरुको विवरण संकलन गरीः डाटाबेस तयार गर्नुपर्ने वीउवा संघको...

वीरगंजमा बस्ने बाहिरी व्यक्तिहरुको विवरण संकलन गरीः डाटाबेस तयार गर्नुपर्ने वीउवा संघको सुझाव

वीरगंज, १९ माघ ।
वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रजिअ रेग्मीले वीरगंज आर्थिक नगर भएकाले यसको महत्व र उपादेयतालाई मध्यनजर गर्दै सोही अनुरुपको सुरक्षा व्यवस्था मिलाउने बताउनु भयो ।
पर्सा जिल्लामा सरकारी कार्यालयहरु लगायत सम्पूर्ण सेवाहरुको सुशासनको प्रबद्र्धन गरिने, जिल्लाको शान्ति सुरक्षा, सिमावर्ती लगायतका क्षेत्रहरुमा गैर कानूनी आर्थिक क्रियाकलापको नियन्त्रण गरिने बताउनुभयो ।
सो अवसरमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले वीरगंज लगायत यस क्षेत्रमा कायम रहेको शान्ति सु–व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, सिमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा हुनुपर्नेमा जोड दिनु भयो ।
उहाले वीरगंजमा बस्ने बाहिरी व्यक्तिहरुको विवरण संकलन गरी डाटाबेस तयार गर्नुपर्ने सुझाव दिंदै सिसिटिभी परियोजनाको लागि बजेट विनियोजनको लागि प्रजिअ रेग्मीसंग आग्रह गर्नुभयो ।
आर्थिक क्रियाकलाप बढी हुने र खुल्ला नाका भएकोले आपराधिक गतिविधि सोही अनुपातमा हुन सक्ने भएकोले सोही अनुरुपको सुरक्षा व्यवस्थाको प्रबन्धको लागि आग्रह गर्नु भयो ।
कार्यक्रममा पूर्व अध्यक्ष अशोक बैद्य, उपाध्यक्ष माधव राजपाल, कार्यसमिति सदस्य शिवजी प्रसाद कलवार, निरज अग्रवालले पर्साको बिभिन्न क्षेत्र संग सम्बन्धीत बिषयहरुमा आ–आफ्ना धारणा राखेका थिए । सहजीकरण महासचिव मनोज दासले गर्नु भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य महिला उद्यमी, तथा उद्योगी ब्यापारीहरुको बृहत उपस्थिती रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -