विराटनगर, १९ माघ (रासस)
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी एवं व्यवसायीले स्वस्थ ढ·ले व्यापार अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
सिएनआइ कोसी एक्स्पो–२०७९ को आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले अनेक हिसाबले विराटनगर पहिलो स्थान हुनुपर्नेमा हुन नसक्नुको कारण खोज्नुपर्ने भन्दै सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमले उद्योगी र व्यापारीको समस्या समाधान हुने बताउनुभयो । प्रतिकूल समयमा निरास भएर आत्महत्या गर्नु राम्रो होइन भन्दै अध्यक्ष ओलीले समस्यासँग लड्न सक्नुपर्ने र समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो ।
विराटनगरबाटै उद्योग, उद्योगी र व्यापार एवं व्यवसाय सुरु भएको भन्दै अध्यक्ष ओलीले उद्योगको विकास गर्न सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो । उद्योगी एवं व्यवसायीले स·ठनात्मक प्रतिस्पर्धा गर्नुभन्दा काम र उत्पादनमा प्रतिस्पर्धा गर्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, समस्याको समाधान नगदा नगदी हुनुपर्छ, उधारोमा होइन ।
उहाँले भन्नुभयो, कुराले चिउरा नभिज्ने, सरकारले उद्योगी र व्यापारीको समस्या समाधान गर्न ठोस कदम चाल्नु पर्छ । गएको एक महिनादेखि देशको अर्थतन्त्रमा सुधार आएको भन्दै अध्यक्ष ओलीले आम्दानी कम र खर्च बढी हुने कारणले बजेट घाटा रहेको स्मरण गराउनुभयो ।
उहाँले नेपालको सबैभन्दा होचो भू–भाग केचनाकवलबाट सबैभन्दा अग्लो सगरमाथाबीचको विविधतालाई पहिचान गरी औषधि उत्पादन हुने उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले उद्योग र उद्योगीको समस्या समाधान गर्न आफूले पहल गर्ने भन्दै त्यसका लागि समस्यालाई बुँदागतरूपमा ल्याउन आग्रह गर्नुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संघीय सरकार उद्योग प्रवद्र्धन र सहजीकरण गर्न तयार रहेको बताउनुभयो । उहाँले उद्योग र उद्योगीका निम्ति सरकारले ल्याएको नीतिबाट निर्यात बढ्ने र अर्थतन्त्रमा सुधार आउने विचार राख्नुभयो ।
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भर्खर पाँच वर्ष भएको प्रदेश संरचना खारेज गर्नुपर्ने माग उठ्नु हतारमा बोलिएको हो भन्दै प्रदेश सरकारको काम हेरेर समीक्षा गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले प्रदेश सरकारले खर्च घटाउन मन्त्रालयको संख्या घटाएको जानकारी दिँदै सरकार प्रदेशको नाम सकेसम्म सहमतिबाट नभए प्रक्रिया र विधिबाट निष्कर्षमा पु¥याउने भन्नुभयो । उद्योगी र बैंकबीचको ब्याजका समस्या क्रमशः समाधान हुँदै जाने भन्दै उहाँले सरकार उद्योग र उद्योगीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले औद्योगिक मेलाले उपभोक्ता र उत्पादकबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्ने बताउनुभयो ।
विराटनगर महानगरपालिकाको शङ्करपुरमा लागेको सो मेला माघ २८ गतेसम्म चल्नेछ । मेलामा नेपाल, भारत, ब·लादेश र पाकिस्तानका गरी चार सय स्टल रहेका छन् । मेलामा वस्तु तथा सेवा बिक्री हुनुका साथै सन्ध्याकालीन सा·ीतिक कार्यक्रमको पनि व्यवस्था भएको छ ।
स्वस्थ ढंगले व्यापार गर्नुपर्छ–पूर्वप्रधानमन्त्री ओली
Facebook Comments Box