वीरगंज, १८ माघ ।
वीरगंज महानगरपालिकाले वडा नं. १४ स्थित लिंक रोड प्रिपाको नामाकरण अनावरण कार्यक्रम स्थगित गरिएको छ ।
वीरगंज महानगरपालिकाले लिंक रोडलाई महात्मा गान्धी मार्ग नामाकरण गर्न लागिएको भनी व्यापक विरोध भए पछि बिहीबार आयोजना हुने कार्यक्रम स्थगित भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले सुचना जारी गरी जानकारी दिनु भएको हो ।
प्राप्त समाचार अनुसार बिहिबार हुने समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट संयुक्त रुपमा नामाकरण शिलान्यास अनावरण गराउने कार्यक्रम तय गरिएको थियो ।
व्यापक विरोध पश्चात बुधबार महानगनगरले सूचना जारी गरी कार्यक्रम हालका लागि स्थगीत गरिएको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले जारी गरेको सूचनामा महानगर भित्रको ऐतिहासिक पिपरा क्षेत्रमा अवस्थित पशुपतिनाथ मन्दिर, पिपरा मठ र लक्ष्मणवा पार्कको सौन्दर्यकरण तथा संरक्षण गर्ने योजना अगाडि बढिरहेको सन्दर्भमा यस बारे अनेकथरीका दुष्प्रचार गर्ने प्रयास गरिएकोमा महानगरको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
माघ १९ गते बिहीबार वीरगंज १४ पिपरा क्षेत्रमा आयोजना हुने भनिएको कार्यक्रम हाललाई स्थगीत गरिएको सुचनामा जनाइएको छ ।
लिंक रोड पिपराको नामाकरण कार्यक्रम स्थगित

Facebook Comments Box