सहारा दैनिक

spot_img
Homeदेशमधेशलिंकरोड पिपरालाई महात्मा गांधी मार्ग नामाकरणको ५ दलको विरोध

लिंकरोड पिपरालाई महात्मा गांधी मार्ग नामाकरणको ५ दलको विरोध

वीरगंज, १८ माघ ।
वीरगंज महानगरपालिका वडा नं. १४ स्थित लिंकरोड पिपराको महात्मा गांधी मार्ग नामाकरण गर्न लागिएको भन्दै ५ राजनितिक दलले विरोध गरेको छ ।
नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, नेकपा (एस), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले संयुक्त प्रेस विज्ञप्ती जारी गरी लिंकरोड पिपरालाई महात्मा गान्धी मार्ग, वीरगञ्ज चिनी कारखाना परिसरभित्र रहेको पशुपतिनाथ मन्दिर तथा पार्क र बाईवास रोडसँगै महात्मा गान्धी आश्रम निर्माण गर्ने तयारी भएको प्रती गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
यी पांच दलद्वारा जारी विज्ञप्तीमा विभिन्न संचारमाध्यमहरु मार्फत् प्राप्त भएको जानकारी अनुसार मधेश प्रदेश सरकार, बीरगंज महानगरपालिका र बीरगंज स्थित भारतीय महावाणिज्य दुतावासको सहकार्यमा बीमनपा १४ स्थित लिंक रोड पिप्रालाई महात्मा गान्धी मार्ग, वीरगंज चिनी कारखाना परिसरभित्र रहेको पशुपतिनाथ मन्दिर तथा पार्क र बाईवास रोडसँगै महात्मा गान्धी आश्रम निर्माण गर्ने तयारी भएको प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नेकपा एकीकृत समाजबादी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु, नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुशवाहा , लोसपा नेपाल पर्साका अध्यक्ष पुरुषोतम झा, राप्रपा पर्सा का अध्यक्ष सुमेश्वर नाथ उपाधयाय द्वारा हस्ताक्षरित बिज्ञप्तिमा समाचारमा आएको सम्बन्धमा सम्बन्धित निकायहरुसंग जानकारी लिने काम गरी रहेकै थियौं ।
यसै विच वीरगंज महानगरपालिकाको तत्वावधानमा महात्मा गान्धी मार्ग नामाकरण समारोह २०७९ माघ १९ गते आयोजना गरिने निमन्त्रण पत्र वितरण भएको थाहा पायौं । यस विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा बीरगंज महानगरपालिका १४ स्थित उक्त रोडको नामाकरण र उद्घाटन पहिल्यै नै – भईसकेको छ । वीरगंज महानगरपालिकाले नै नामाकारण लिंक रोड पिप्रा गरेको र तत्कालिन महानगर प्रमुखले उद्घाटन समेत गरिसकेको हो । वीरगंज चिनी कारखाना परिसर भित्र रहेको पशुपतिनाथ मन्दिर र पार्क नेपाल सरकारको स्वामित्वमा रहेको र महात्मा गान्धी आश्रम निर्माणका लागि छुट्याइने भनिएको जग्गा नेपाल सरकारको रहेकोले यस स्थानमा चर्चामा रहेका संरचना बनाउन मनासिव नदेखिएको हुंदा कुनै पनि बहानामा यी कार्यहरु सम्पादन नगरियोस र नामाकरण समारोह तत्काल स्थगन गर्न माग गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -