वीरगंज, १७ माघ ।
अब मोटरसाइकल मर्मत गर्न जांदा कागज पत्र (ब्लु बुक) सहित मिस्त्रि कहां जानु पर्ने भएको छ ।
पर्सा प्रहरीले जारी गरेको मौखिक सर्कुलर अनुसार पर्सा जिल्ला अन्तरगत रहेका मोटरसाइकल मर्मत गर्ने पसले (मिस्त्रि)हरुलाई मर्मत गर्न आउने मोसा धनीबाट ब्लु बुकको छायां प्रति (फोटो कपी) अनिर्वाय लिनु पर्ने छ ।
वीरगंज महानगरपालिका वडा नं. ९ स्थित रहेको मो.सा. मिस्त्रि राजनारायणले जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी टोलीले मोटरसाइकल मर्मत गर्ने पसलेहरुलाई मर्मत गर्न आउनेहरुबाट ब्लु बुकको छायां प्रति अनिर्वाय लिन निर्देशन दिएको बताएका छन ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ निर्मल बुढाथोकीले मोटरसाइकल चोरीको घट्नामा वृद्धि भएकाले यस्तो निर्देशन दिएको बताउनु भयो ।
उहाले चोरीको घटनामा वृद्धि भएको अवस्थामा कतिपय मोटरसाइकल मर्मत गर्ने पसलहरुमा चोरीको मो.सा.को पार्ट पुर्जा खोल्ने गरेको सुचना आएकाले यस्तो निर्देशन जारी गरेको बताउनु भयो ।
उहाले कुनै पनि मो.सा. मर्मत गर्न आउदा मिस्त्रिहरुले त्यसको ब्लुबुकको फोटो कपी लिइ राख्नु पर्ने निर्देशन पछिल्लो १० दिन देखि मिस्त्रिहरुलाई दिंदै आएको भए पनि अट्टेर गरेकाले आज बोलाएर पनि सोही बमोजिम गर्न निर्देशन दिएको बताउनु भयो ।
Facebook Comments Box