वीरगंज, १७ माघ ।
अबैध रुपमा भित्रीएको भारतीय निजी सवारी नियन्त्रणमा लिइ प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ चालिसफिट्टे सडकखण्डबाट एक भारतीय सवारी नियन्त्रणमा लिइ वीरगंज भन्सार कार्यालयमा बुझाएको हो ।
प्रहरी टोलीले सडक छेउबाट वेवारीसे अवस्थामा ग्ए ज्ञटब्ह् ज्ञण्ण्घ नम्बरको भारतीय कार फेला पारी हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआए पछि रू.५ लाख मूल्यांकन गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी बिल बिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको एक ट्रक नियन्त्रणमा लिइ राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
सूचनाको आधारमा जिप्रकाबाट खटिएका टोलीले सोमवार वीरगंंज महानगरपालिका वडा नं.२३ बहुअरी सडकखण्डबाट नियन्त्रणमा लिएको माल बाहक ट्रकलाई राजस्व अनुसन्धान कार्यालयमा बुझएको जनाइएको छ ।
प्रहरी टोलीले ना. २ ख ८५१९ नम्बरको ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिए पछि ट्रक र सो भित्र लोड रहेको सामानहरुको अ.मु.रू ४१ लाख ८६ हजार ५ सय ७८ बराबरको मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मंगलवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको हो ।
Facebook Comments Box