सहारा दैनिक

spot_img
Homeदेशमधेशखरिद गरेको अण्डाको भुक्तानी गर्ने रकमलाईः श्रोत खुल्ने कागज च्यातेर, प्रहरीले अवैध...

खरिद गरेको अण्डाको भुक्तानी गर्ने रकमलाईः श्रोत खुल्ने कागज च्यातेर, प्रहरीले अवैध घोषणा गरे

वीरगंज, ०६ माघ ।
कोरोनाको महामारी पछि संसार संगै नेपाल पनि आर्थिक शंकट तर्फ उनमुख रहेको अवस्थामा देशको आर्थिक मेरुदण्डका रुपमा रहेका व्यवसायीहरु माथि सरकारी निकायको बढ्दो दमकारी नितिले आम जनतामा निरासा छाएको छ ।
खस्कदो अर्थतन्त्रलाई उकास्न सिंगो मुलुकको ध्यानाकृष्ट रहेको अवस्था एका तिर छ भने अर्को तर्फ राज्यका मुख्य एवं जनधनको सुरक्षाका दायित्व बोकेका नेपाल प्रहरीको पर्सा जिल्लामा देखिएको पछिल्लो गतिविधिले उद्योगी व्यवसायी मात्र नभई आम जनता पनि त्रसित बन्न पुगेका छन ।
एका तिर अवैध कारोवारलाई प्रोत्साहन गरिरहेका पर्सा जिल्लामा रहेका कृयाशिल सुरक्षा संयन्त्रले बैध कारोवारी व्यवसायीहरुलाई भने निरुत्साहित गर्ने कार्यलाई तिब्रता दिंदै वाहवाही लुट्ने दाउमा सकृय रहेको पाइएको छ ।
पर्सा प्रहरीले दुई दिन अघि देखाएको एउटा तुक्ष घट्नाले यहांका व्यवसायीहरु त्रसित बन्न पुगेका हुन ।
वीरगंज महानगरपालिका वडा नं. ६ स्थित मिना बजारमा रहेका अण्डाको थोक विक्रेता रक्षा भण्डारले अण्डा खरिद गरेको फर्मलाई रकम बुझाउन रकमको गढिमा राष्ट्रिय बाणिज्य बैंकको ट्याग लगाएर भौचर समेत भरेर घण्टाघरको बाटो भई राष्ट्रिय बाणिज्य बैंकको श्रीपुर शाखामा जम्मा गर्न गइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको घट्नाले व्यापारीहरुमा राज्य संयन्त्रकै निकायबाट व्यापार व्यवसाय गर्न नदिने अवस्था सृजना भएको चर्चा चल्न थालेको छ ।
रक्षा भण्डारका संचालक समेत दुई जना अण्डा खरिद गरेको फर्मको खातामा जम्मा गर्न रकम बोकेर बैंक तर्फ जाने क्रममा माघ ३ गते दिउसो साढे २ बजे घण्टाघर प्रहरी पोष्टबाट खटेका प्रहरी टोलीले उक्त रकम सहित संचालक र उनका सहकर्मीलाई समेत नियन्त्रणमा लिइ वडा प्रहरी कार्यालय विर्तामा पठाएका थिए ।
ततः पश्चात प्रहरीले नियन्त्रणमा लिएको भौचर सहितको रु २२ लाख ५० हजार रकमको श्रोत माग गर्नुको साथै वडा प्रहरी कार्यालय विर्ताले उनिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पु¥याएका थिए ।
प्रहरीको माग अनुसार भोली पल्ट माग ४ गते विहानै साढे ६ बजे रकम सहित पक्राउ परेका रक्षा भण्डारका संचालकका बाबुले रकम आएको र जाने श्रोत खुल्ने कागजातहरु लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा पुग्दा त्यहां कोही पनि भेट्न मानेनन् ।
उक्त रकमको श्रोत खुल्ने कागजात बोकेर संचालकका बाबु १० बजे सम्म जिप्रका गेट मै बसी रहे तर प्रहरीले उनी संग श्रोत खुल्ने कागज बुझ्न नमानेको उनको भनाइ छ ।
अन्ततः प्रहरीले रकमको गढिमा लागेको राष्ट्रिय बाणिज्य बैंकको ट्याग च्यात्नुको साथै विभिन्न फर्मको नाममा भरेको भौचर समेत च्यातेर श्रोत नखुलेको भन्दै जिल्ला अदालत पर्सामा पक्राउ परेका दुई जना सहित उक्त रकम पेश गरेर अनुसन्धानको लागी भन्दै म्याद थप गरेको छ ।
यसरी प्रहरीले श्रोत खुलेको रकमलाई अवैध घोषणा गर्नु र व्यवसायीलाई थुन्नु जस्ता घट्नाले व्यवसायीहरु त्रसित बन्न पुगेका हुन । अब त वैध रकमलाई पनि अवैध घोषणा गर्ने प्रहरीको प्रवृतिका कारण व्यवसायीहरु व्यापार गर्न डराउन थालेका छन । सामान खरिद गरेको रकम भुक्तानी गर्न पनि नपाइने वा विक्रि गरेको सामानको भुक्तानी पनि लिएर आउने अवस्था नरहेको एक व्यवसायीले बताएका छन ।
हिजो अस्तिका दिनमा चोर डांकाबाट त्रसित बन्नु पर्ने अवस्था थियो भने अब जनधनको सुरक्षाको ठेकेदार प्रहरीबाट नै त्रसित बन्नु पर्ने अवस्था सृजना भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -