वीरगंज, ०२ माघ ।
शुसाशनको प्रतिवद्धता सहित निर्माण भएका नया सरकारको नितिनिर्देशनलाई धोती लगाउदै पर्सा जिल्लाका सिमानाकाहरुबाट अवैध ओसार पोसार (तस्करी) संचालन नै रहेको पाइएको छ ।
पछिल्लो सरकारको पालामा सिमा रक्षक सशस्त्र प्रहरी बल कै संरक्षणमा संचालित तस्करी लाइन मंसिर ४ को आम निर्वाचन पश्चात पुष १० नेकपा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भए संगै एक दुई दिन सिमा नाकामा कडाइ गरेको देखिए पनि पुनः तस्करी लाइन संचालनमा आएको पछिल्लो घट्ना क्रमले पुष्टि गरेको हो ।
एका तिर सरकारले आंकलन गरेको अर्थात लिएको लक्ष्य अनुरुपको राजस्व संकलन नभएको अवस्थामा पर्सा जिल्लाबाट यहाँ कृयाशिल सुरक्षा निकायकै संरक्षणमा पछिल्लो चलेको तस्करी लाईन पुनः संचालनमा आएको हो ।
नेपाल–भारत विचको मुख्य सिमा नाका वीरगंज–रक्सौलको एकिकृत जांच चौकी (आइसिपि) लाई नै प्रयोग गरेर सशस्त्र प्रहरी बल कै सहयोगमा तस्करहरुले भन्सार छली गरी भित्रियाएको कपडा सहितको एक ट्याक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएका टोलीले शुक्रवार आइसिपि पार गरी निस्किने क्रममा बि.आर.०५.जि सि ०२१५ नम्बरको भारतिय ट्याक्टरमा लोड रहेको भन्सार छलीको कपडा नियन्त्रणमा लिएको बताइएको छ ।
त्यसै गरी जिप्रका मातहतका वडा प्रहरी कार्यालय विर्ताबाट खटिएका टोलीले आइतवार राती वीरगंज महानगरपालिकाको वडा नं. १० आदर्शनगरस्थित राजेश मल्लिकले संचालन गरेको श्री पाथिभरा ट्रान्सपोर्टमा छापामारी गरि अवैध रुपमा भन्सार छली ल्याइएको कपडाको पोका सहितका अन्य सामग्रीहरु बरामद गरेको छ ।
यि घटना क्रमले सिमावर्ती क्षेत्रबाट अवैध ओसार पोसार (तस्करी) लाईन संचालन नै रहेको पुष्टि गर्दछ ।
स्मरण रहोस पछिल्लो सरकारको कार्यकालमा पर्सा जिल्लाका सिमा नाकाहरुबाट ऐतिहासिक रुपमा तस्करी लाईन संचालनमा रहेका थिए ।
Facebook Comments Box