वीरगंज, २७ पुष ।
पृथ्वीनारायण शाहको ३०१ औं जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा माल्यार्पण तथा कम्बल वितरण कार्यक्रम गरिएको छ ।
राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले बीरगंज स्थित घण्टाघर चोकमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्नु भयो ।
सो अवसरमा उहाले पृथ्वीनारायण शाह हाम्रो राष्ट्रपिता हुन हामी सबैले उहाको सम्मान गर्नुपर्ने बताउनु भयो ।
उहाले यस्तो बिषेश अवसरमा कसैले पनि पृथ्वीनारायण शाहको दिब्य उपदेश बिर्सन नहुने बताउनु भयो ।
कार्यक्रममा समाजसेवी एवम् राष्ट्रबादी पशुपति बिक्रम शाहले राष्ट्र विखण्डनमा परेको अवस्थामा पनि देशका जनताले पृथ्वीनारायण शाहलाई कहिले पनि बिर्शन नसकने बताउनुभयो ।
राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा आयोजित कार्यक्रममा नागरिक संघर्ष समितीका उपाध्यक्ष हिराबहादुर चन्द, बीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, हिन्दु युवा संघ नेपालका अध्यक्ष राजेश सिंह, समाजसेवी उषा शाह, लगायतले पृथ्वीनारायण शाहको जिवनी बारे चर्चा गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका केन्द्रिय संयोजक सोम बिक्रम सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल बिक्रम शाह, सशस्त्र प्रहरी बल १३ नं. गणका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेत, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका ललित चौधरी, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिशाल मल्ल, श्रीपुरका डिल्लीराम सापकोटा लगायतको सहभागीता रहेको थियो ।
सोही कार्यक्रम विच मञ्चले ५० जना महिला तथा पुरुषहरुलाई कम्बल पनि बितरण गरिएको थियो ।
Facebook Comments Box