spot_img

मानव बेचविखन आरोपमा होटल मेनेजर सहित ३ पक्राउ



वीरगंज, २६ पुष ।
मानव बेचबिखन तथा ओसार पसार अभियोगमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १५ स्थित रानी पोखरी होटलबाट मेनेजर सहित ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले होटलमा चेकजांच गर्दा १०८ नं. कोठामा बारा घर बताउने २५ वर्ष की महिला र लम्जुङ जिल्ला राईनास न.पा.वडा नं.४ को डोलनाथ कट्टेल आपतिजनक अवस्थामा फेला परे पछि मेनेजरलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आपति जनक अवस्थामा फेला परेकी महिलालाई प्रारम्भिक सोधपुछ गर्दा होटलमा काम गर्ने महोत्तरी जिल्ला गौशाला वडा नं. ११ घर भई उक्त होटलमा वेटर काम गर्ने रमेश कुमार श्रेष्ठ र वीमनपा वडा नं. ८ निवासी होटलका मेनेजर अनिल कुमार अरोडाले कारागारमा जेल जीवन विताइरहेको श्रीमानलाई छुटाई दिने र एक रातकै नगद रू.४ हजार दिलाई दिने भन्ने झुठ्ठा आस्वासन प्रलोभन समेत देखाएको बयानको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
महिलाले आफ्नो मन्जुरी नहुदा नहुदै मलाई वेश्यावृती गर्न वाध्य पारीएको भनी बताएको हुंदा पक्राउ परेका तीनै जनालाई पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइ रहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर