राकेश गुप्ता–––––––––––––––
मलंगवा, २६ पुष ।
सर्लाही जिल्ला मलंगवा नगरपालिका स्थित स्तुती सौम्य हेल्थ केयरका संचालक तथा समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झ यतिबेला समाजिक कार्यमा सकृय रहनु भएको छ ।
डा. झा सितलहर तथा चिसो लगायतको विपद्को समस्या बाट जुधिरहेका विपन्न स्थानियलाई राहत दिन दाउरा, न्यानो कपडा वितरण तथा सर्वसाधारणको औषधी उपचारमा सकृय रहनु भएको हो ।
डा. झाले आफनो व्यक्तिगत खर्चमा दाउरा किन्नेर विपद्का जोखिम संग जुधिरहेका विपन्न नागरीकलाई चिसो बाट जोगाउन दाउरा वितरण गरिरहनु भएको छ । उहाले मलंगवा नगरपालिका गणेशियामा, कविलासी नगरपालिका वडा नं. ९ र १० सलेमपुरको चौक–चौक तथा मुसहर बस्तीमा शितलहर बाट प्रभावित स्थानीयलाई जोगाउन तर्फ अग्रसर हुनुहुन्छ ।
सर्लाहीमा अहिले ७ डिग्री सेलसियस सम्म तापक्रम हुन्छ, त्यसमा पनि शितलहर हुन्छ विपन्न परिवार तथा दलित बस्तीका स्थानीयहरु प्रभावित भएको हुदा आफुले निःशुल्क दाउरा वितरण गरेका डा. झा बताउनु हुन्छ ।
यति मात्र हैन उहाले आर्थिक समस्याले जुधिरहेका विपन्न परिवारमा रहेका अपा·ता भएको व्यक्तिहरुलाई न्यानो कम्बल र जुता समेत वितरण गर्नुभएको छ । डा. झाले समाजसेवी शिवनाथ राउत कहारको अनुरोधमा ब्रह्म्पुरी गाउपालिका वडा नं. ५ मा दुष्टिविहिन र अपा· भएको व्यक्तिलाई कम्बल र जुता वितरण गर्नुभएको छ ।
त्यसै गरी उहाले बुधवार कविलासी नगरपालिकाको सलेमपुरमा ५० जना विपन्न परिवारलाई बल्यांकेट वितरण गर्ने जानकारी दिनु भएको छ ।
बालरोग विशेषज्ञ डा. झा निरन्तर रुपमा विपन्न परिवारका बालबालिकाहरुको निःशुल्क उपचार समेत गरिरहनु भएको छ ।औषधी किन्न पैसा नहुनेलाई आफनो व्यक्तिगत खर्चमा औषधी समेत किनेर वितरण गर्नुभएको छ ।
डा. झाले आफुलाई समाजिक कार्य गर्दा सन्तुष्टी मिल्ने बताउनु हुन्छ ।
आफुले कमाएको केहि अंश विपन्न नागरिकहरुमा लगानी गर्न पाउदा खुसी लागेको उहाको भनाइ छ ।
गाउगाउमा सिंहदरवार त आयो तर विपन्न तथा दलित नागरिकको अवस्था फेरिएको छैन, समाजिक सेवा गर्ने व्यक्ति विपद्को समयमा नआएको भए विपन्न परिवारमा निकैनै समस्या बढेने थियो, मानवअधिकारर्मी मुकेश मिश्राले बताउनु भयो ।
Facebook Comments Box