spot_img
Homeसमाचारतन्डुकर “बेस्ट नेशनल डिरेक्टर” अवार्डबाट सम्मानित

तन्डुकर “बेस्ट नेशनल डिरेक्टर” अवार्डबाट सम्मानित

काठमाडौँ, २५ पुस
ब्राइट इभेन्ट म्यानेजमेन्टका निर्देशक धिरज तन्डुकरलाई “बेस्ट नेशनल डिरेक्टर” अवार्डबाट सम्मानित गरिएको छ ।
प्याजेन्ट नेपाल इन्टरनेशनल, टच इन्टरटेनमेन्ट, स्पर्श फिल्म्स र ब्राइट इभेन्ट म्यानेजमेन्टद्वारा सोल्टीमोडस्थित विलासी हायात प्लेस होटलमा आयोजित स्टेला प्रोफेशनल पेजेन्ट नेपाल इन्टरनेशनल फेसन एण्ड मोडल अवार्ड २०२२ कार्यक्रममा विभिन्न विधामा रहेर योगदान पु¥याउदै आएका अग्रज ब्यक्तीहरुबीच इभेन्ट निर्देशक तन्डुकरलाई “बेस्ट नेशनल डिरेक्टर” अवार्डबाट सम्मानित गरिएको हो ।
लामो समय देखि मोडलि· तथा इभेन्ट आयोजकका रुपमा आबद्ध हुंदै आएका तन्डुकर “इभेन्ट बेटर ग्यालेक्सी” का सि.इ.ओ हुन । उहाले विभिन्न उमेरका इच्छुक सहभागीहरुका लागि सशक्त बनाइ पुर्ण रुपमा सक्षम बनाउने उद्देश्यका साथ धेरै सौन्दर्य पेगेन्टहरू, मोडलिङ प्रतियोगिता र अन्य कार्यक्रमहरू आयोजना गर्दै आउनु भएको छ ।
उहाले आयोजना गरेका कार्यक्रमहरु मार्फत सहभागीहरुलाइ ठूलो आत्मविश्वास जगाउने मात्र नभएर उनीहरूले व्यक्तिगत तथा रचनात्मक उपलब्धिहरू, स्वस्थ जीवनशैली, र समुदायको संलग्नताको कदर गर्न प्रोत्साहित गर्ने कुरामा विश्वस्त हुनुहुन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -