सहारा दैनिक

spot_img
Homeदेशमधेशश्रोत नखुलेको रकम सहित एक पक्राउ

श्रोत नखुलेको रकम सहित एक पक्राउ

वीरगंज, २५ पुष ।
श्रोत नखुलेको १२ लाख २० हजार रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले वीरगंज महानगरपालिका वडा नं.२५ सिर्सिया स्थित सडक खण्डबाट उक्त रकम सहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले द्यच्ण्छब्भ् घछछट नम्बरको मोटरसाईकल रोकेर चेक जांच गर्दा वीमनपा वडा नं.१७ बस्ने राजन कुमार साहले लगाएको हेलमेट तथा कालो ज्याकेट भित्र लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रू.१२ लाख २० हजार नगद फेला परेको जिप्रकाले जनाएको छ ।
रकम बरामद भए पछि मोसा सहित साहलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भई रहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -