spot_img

बिल बिजक भन्दा बढी लत्ताकपडाहरू लोड ट्रक नियन्त्रण



वीरगंज, २५ पुष ।
बिल बिजक भन्दा बढी लत्ताकपडाहरू लोड रहेका एक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.१७ अलौ स्थित सडकखण्डबाट लत्ताकपडाहरू लोड रहेका ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले आइतवार दिउसो वीमनपा वडा नं.१७ अलौ स्थित सडकखण्डमा ना २ ख ८५१९ नम्बरको मालवाहक ट्रकलाई रोकेर जांच गर्ने क्रममा सागर ट्रान्सपोर्टको ट्रकमा विल बिजक संकास्पद देखिए पछि ट्रक नियन्त्रणमा लिइएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रकमा रहेको अ.मु. रू. ३४ लाख १३ हजार ६ सय ४५ बराबरको बिभिन्न किसिमका लत्ताकपडाहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box

ताजा अपडेट्स

सम्बन्धित खबर